सम्पर्क

पत्राचार गर्ने ठेगाना

नापी कार्यालय विरेन्द्रनगर, सुर्खेत, नेपाल

सम्पर्क

०८३-५२०१५२

हाम्रो बारेमा

परिचय (Introduction)

सुर्खेत जिल्लामा तत्कालिन ५ नं नापी गाेश्वाराबाट २०२८ सालमा नाप-नक्सा कार्य सुरु भई २०३२ सालमा एकाेहाेराे नापीकाे काम सम्पन्न भएकाे थियाे । साथै छुटेका जग्गाहरुकाे नाप-नक्सा कार्य राप्ती अञ्चल बसाेवास कार्यालयबाट २०३२ सालमा सुरु भई २०४३ साल सम्म नाप नक्सा भएकाे देखिन्छ । वि. सं. २०६५ साल सम्म नापी शाखा रहेकाे याे कार्यालय मन्त्रीपरिषदकाे निर्णय, र मिति २०६६/१/२९ मा राजपत्रमा प्रकाशित सूचना अनुसार नापी कार्यालयमा रुपान्तरण भएकाे र तत्पश्चात नाप-नक्सा गर्न समेत अधिकार कार्यालयलाई प्राप्त भएकाेले यस कार्यालयले आ.व. ०६९/०७० देखि यस जिल्लामा रहेका गाँउ ब्लकहरुकाे नाप-नक्साकाे कार्य प्रारम्भ भई ३७ वटा गाउँ ब्लकहरुकाे नाप-नक्सा सम्पन्न गरी श्रेस्ता समेत मालपाेत कार्यालयमा हस्तान्तरण गरिएकाे छ । त्यस्तै ३० वटा गाँउ ब्लकहरुकाे २१ दिने सूचना प्रकाशन गरी दर्ता गर्ने कार्य प्रक्रियामा रहेकाे र ४ वटा गाँउब्लकहरुकाे यस आ.व. मा नाप-नक्सा गरी यसै आ.व. मा श्रेस्ता हस्तान्तरण गर्ने लक्ष्य यस नापी कार्यालयले लिएकाे छ । मन्त्रीपरिषदकाे  निर्णय अनुसार हाल सुर्खेत जिल्लाकाे पुर्वी क्षेत्रका ३ नगरपालिका १ गाँउपालिका मध्य केही वडाहरु बाहेकको अद्याबधिक सम्बन्धी कार्य नापी कार्यालय, मेहेलकुनाबाट स‌ञ्चचालन हुँदै आईरहेकाे छ ।

कार्यालय प्रमुख
सूचना अधिकारी
टोली प्रमुख