कित्तानापी महाशाखा

नापी विभाग अन्तरगतका चार महाशाखाहरु मध्र्ये एक रहेको यस कित्तानापी महाशाखाको प्रमुख जिम्मेवारी देशभर रहेका जग्गाहरुको नक्साङ्कन गर्ने, जग्गाको किसिम वर्गीकरण गर्ने एवं भूमि सम्वन्धी विवरणहरुको वैज्ञानिक तरिकाले प्रणालीमा आधारित भई भणडारण एवं व्यवस्थापन लगायत भू-सूचना प्रणाली सञ्चालन मार्फत चुस्त तथा सहज जग्गा प्रशासन सेवा उपलब्ध गराउने रहेको छ । नापी कार्यालयहरु द्वारा संकलन गरिएका जग्गा सम्वन्धी विवरण एवं तयार गरिएका नक्साहरुनै उल्लिखित भू-सूचना प्रणालीको लागि प्रमुख आधारको रुपमा रहेको हुन्छ जसले कित्तामा आधारित जग्गा प्रशासन सेवा प्रवाह गर्न मद्दत पुर्याएको हुन्छ।

कित्तानापीको इतिहास सत्रौं सताब्दीबाट सुरु भएको देखिन्छ । तथापी विधिवत रुपमा वि सं २०२२ बाट यसको सुरुवात भएको देखिन्छ । तत्कालिन कित्तानापी कार्यक्रमको प्रमुख उद्देश्यनै भूमिसुधार कार्यक्रम लागू गरी राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो । यसको अलावा भू-स्वमित्व सुरक्षित गरी देशको आर्थिक क्षेत्रमा समेत सहयोग पुर्याउन कित्तानापी कार्यक्रम सञ्चालन भएको देखिन्छ । यसरी देशभरको सम्पूर्ण आवादी क्षेत्रको एकसरो कित्तानापी वि सं २०५२ सालमानै सम्पन्न भएको थियो जस अन्तरगत तत्कालिन ३७ जिल्लामा राष्ट्रिय सञ्जालमा आधारित रही नियन्त्रण विन्दुमा आधारित रही कित्तानापी गरिएको थियो भने बाँकी ३८ जिल्लामा राष्ट्रिय सञ्जालमा आधारित नभइ नापी भएको पाइन्छ । तत् पश्चात त्यस समयमा रहेका नापी गोश्वाराहरुबाट पुनः नापी कार्यक्रम सञ्चालन सुरु गरिएको थियो । वि सं २०६५ फागुन २ गतेबाट नापी गोश्वारा खारेज भए पश्चात उक्त कार्यक्रम नापी कार्यालयहरुबाट सञ्चालन गरिदै आएको छ ।

यसका साथसाथै नापी विभागले अंकीय कित्तानापी (Digital Cadastre) लाई पनि संग संगै विकास गर्दै लाने क्रममा बनेपामा यस प्रविधि अवलम्वन गरी कित्तानापी गर्न मिति २०६३/५/५ मा बनेपा डिजिटल नापी कार्यालय स्थापन भई काम गर्दै समेत आएको छ । हाल देशका अधिकांश नापी कार्यालयहरुबाट यस प्रविधिबाट कित्तानापी गर्दै आएको छ । यस अनुसार हाल नाप नक्सा गरी नक्सा तयार गर्ने, सूचना प्रकाशन गर्ने, फिल्डबुक, पूर्जा तयार गर्नको लागि Parcel Editor सफ्टवेयरको प्रयोग हुँदैआएको छ भने अद्यावधिक गर्ने प्रयोजनको लागि SAEx सफ्टवेयर प्रयोग हुँदै आएको छ । यी दुबै सफ्टवेयरहरु proprietary software मा आधारित भएको र सम्पूर्ण नापी कार्यलयहरुमा यसको प्रयोग गरिंदा निकै धेरै बजेटको आवश्यकता पर्ने र हरेक वर्ष अनुमती (license) नविकरणमा समेत बजेट व्यवस्था गर्न पर्ने हुँदा नापी विभागले Open Source based Cadastral Application System (CAS) विकास गरी लागू गर्ने क्रममा रहेको छ । कलंकी नापी कार्यालयमा सफलता पूर्वक सञ्चालन गरी त्यसमा भएका कमी कमजोरीहरुलाई परिमार्जन गरी तयार गरीएको नयाँ भर्सन तयार गरी पुनः सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार ६० नापी कार्यालयहरु स्थानीय तहमा हस्तान्तरण गर्ने प्रयोजनको लागि यसै प्रविधि प्रयोग गरी सेवा हस्तान्तरण गर्ने गरी कित्तानापी माहाशाखाबाट कार्य भैरहेको छ ।

नेपाल भर जम्मा १३१ वटा नापी कार्यालय, एक डिजिटल नापी कार्यालय र पाँच विशेष नापी कार्यालय स्थापना भई जग्गा प्रशासन एवं नापनक्सा सम्वन्धी कार्य गर्दै आएको छ । कार्यालयहरुलाई दिइएको जिम्मेवारी अनुसार नापी कार्यालयहरुलाई विभिन्न वर्गमा विभाजन गरिएको छ । क र ख वर्गमा रहेका नापी कार्यालयहरुलाई नाप नक्सा एवं नक्सा श्रेस्ता अद्यावधिको जिम्मेवारी दिइएको छ भने ग, घ र ङ वर्गमा रहेका कार्यालयहरुलाई अद्यावधिकको मात्र जिम्मेवारी दिइएको छ । विभिन्न वर्ग अनुसारको कार्यालय देहायअनुसार रहेको छ ।

समग्रमा भन्दा कित्तानापी महाशाखाको प्रमुख कार्यहरु देहायअनुसार रहेको छः

यी कार्यहरु सञ्चालन गर्ने प्रयोजनको लागि महाशाखा अन्तरगत देहायअनुसारको शाखा र कार्यविवरणको व्यवस्था गरिएको छ ।

डिल्लीबजार, पर्सा, बाँके,रुपन्देही, कैलाली, सर्लाही, झापा, कास्की, विराटनगर

ललितपुर, भक्तपुर, चाबहिल, कलङ्की, सुनसरी, सप्तरी, सिराहा, धनुसा, महोत्तरी, रौतहट, बारा, चितवन, मकवानपुर, नवलपरासी, कपिलबस्तु, दाङ, बर्दिया, कंचनपुर

कावासोती, बेलबारी, लहान, दमक, टीकापुर, उदयपुर, काभ्रे, सुर्खेत, तनहुँ, डोटी, धनकुटा, स्याङ्जा, पाल्पा, इलाम, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, पर्वत

बाग्लुङ, सिन्धुली, गुल्मी, अर्घाखाँची, दैलेख, सल्यान, प्यूठान, बैतडी, डडेल्धुरा, डोलाखा, रामेछाप, गोरखा, लमजुङ

म्याग्दी, भोजपुर, पाँचथर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, खण्डबारी, चैनपुर, रुकुम, रोल्पा, ताप्लेजुङ, तेराथुम, दार्चुला, बझाङ्ग, रसुवा, जाजरकोट, अछाम, मुस्ताङ्ग, मनाङ्ग, बाजुरा, जुम्ला, हुम्ला, मुगु


सम्पर्क

उपमहानिर्देशक
कित्तानापी महाशाखा
पो.ब. नं. ९४३५
मिन भवन, काठमाडौं, नेपाल
संपर्क नम्बर: ०१४१०६९७६
फ्याक्स: 
ईमेल:cadastral@dos.gov.np